Frequently Asked Question

संस्था दर्ता हुन नसक्ने अवस्थाहरु: के के हुन ?

  • आवेदकहरुले तोकिएको कार्यक्षेत्रमा स्थायी वसोवास गरीरहेको प्रमाण जुटाउन नसकेमा,
  • आवेदकहरु कम्तिमा २५ परिवारबाट हुनु पर्नेमा नभएको अवस्था भएमा,
  • स्थलगत वुझ्न कर्मचारी आउदा तोकिएको समय र स्थानमा आवेदकहरु भेला नभएमा वा भेलामा आवेदकहरुको सनाखतमा कुनै कैफियत भएमा,
  • निर्दिष्ट प्रक्रिया पुरा नगरेको वा निवेदन साथ तोकिए वमोजिमको ढाँचामा कागजातहरु पेश नगरेमा,
  • पेश भएका कागजातहरुमा सदस्यहरुको दस्तखत नभिडेमा,
  • आवेदकहरु सम्पर्क वाहिर रहेको अवस्थामा पनि काम स्थगन हुन सक्ने,
  • आवेदकहरु सोही प्रकृतिको अन्य सहकारी संस्थाको संचालक वा आवेदन सदस्यका रुपमा कायम रहेको पाइएमा,
  • स्थानिय तहमा संचालित सोही प्रकृतिको सहकारी संस्थाबाट आवेदकहरुले सेवा सुविधा प्राप्त गर्न सक्ने स्थिति देखिएमा वा संस्था संचालन हुने सम्भाव्यता नदेखिएमा,
  • संलग्न कार्ययोजना वमोजिम चुक्ता प’ँजी जम्मा गरेको भौचर पेश हुन नआएमा। (विनियममा उल्लेखित कूल पूँजीको कम्तिमा १० प्रतिशतले हुन आउने रकम चुक्ता प”ँजी हुनुपर्ने),
  • वचत तथा ऋणको कारोवार गर्ने संस्था दर्ताका लागि तोकिए वमोजिमको विवरण फरक पर्न गएमा ।

दर्ता प्रक्रियामा के के कार्यहरु र कागजातहरु आवश्यक पर्दछ ?

  • कार्यालय प्रमुख वा सहकारी अधिकृतले विशेष गरी आवेदकहरुको विवरण परीक्षण गरी संस्था दर्ता प्रक्रिया अघि बढाउन तोक आदेश सहित निवेदन दर्ता गर्ने ।
  • निवेदन साथ फाइलमा संलग्न कागजातहरु एक एक हेरी निवेदन दर्ता गर्दाकै वखत कर्मचारीले कुनै कुनै कैफियत देखेमा सो को लिखित सूचना दर्ता भएकै दिनमा उपलब्ध गराउने छन् ।
  • निवेदन साथ फाइलमा संलग्न विवरणहरु तोकिए वमोजिम भएमा वा पूर्व सूचना गरिए बमोजिमका कागजपत्र वा विवरण प्राप्त भएमा ३ दिन भित्र स्थलगत मुचुल्का र संभाव्यता अध्ययन गर्ने गरी समय र स्थान तय गरिने । यस कार्यमा आवेदकहरुको उपस्थिति अनिवार्य भएकोले समन्वय गरी मिति र स्थान तय गर्न बाधा नपर्ने ।
  • स्थलगत रुपमा सनाखत गरिएको विवरण र सम्भाव्यता अध्ययन प्रतिवेदन सम्बन्धित कर्मचारीले बढीमा २ दिन भित्र कार्यालयमा पेश गर्नु पर्नेछ ।
  • स्थलगत गर्दा कुनै कैफियत देखिएमा सो को जानकारी आवेदकहरुलाई गराइनेछ । कुनै कैफियत नदेखिएमा बढीमा ३ दिन भित्र संस्था दर्ता गरी प्रमाण पत्र एवं स्वीकृत विनियम उपलब्ध गराइनेछ ।
  • सहकारी संस्थाको नाम दोहोरिन नहुने हुँदा कागजात तयार गर्नु अगाडी प्रस्तावित नाम सहित कार्यालयमा सम्पर्क राख्नु पर्नेछ ।

घर जग्गा खरिद रजिष्ट्रेशन दस्तुर छुटका लागि निवेदनका साथ पेश गर्नुपर्ने प्रमाणहरु के के हुन ?

  • घर जग्गा खरिद गर्न साधारण सभाको स्वीकृति,
  • घर जग्गाको मूल्याङ्कन,
  • संचालक समितिको निर्णय,
  • जग्गा धनी पूर्जा र नक्शाको प्रतिलिपि,
  • बिक्रेतासंग गरिएको कवुलियतनामा,
  • संस्थाको आर्थिक विवरण,
  • स्थीर सम्पत्ती खरिद गर्दा उपरोक्त प्रमाण सहित संस्थको जगेडा कोष, शेयर पुँजी र ऋण सापटीको उपयोग गर्न सकिन्छ । शेयर सदस्यको निक्षेपको उपयोग गर्न पाइदैन । यो सुविधा व्यवसायिक प्रयोजनको लागि नभई संस्थाको कार्यालय भवन, तालिम हल, भण्डारण कक्ष जस्ता प्रयोजनको लागि मात्र उपलब्ध गराइनेछ । संस्थाको नाममा रहेको घर जग्गा विक्री गर्दा यस कार्यालयको सिफारिस आवश्यक परेमा साधारण सभाको निर्णय, संचालक समितिको निर्णय, क्रेतासंगको कवुलियतनामा, जग्गा धनी पूर्जा र नक्शाको प्रतिलिपि जग्गाको मूल्याङ्कन र विनिमय बमोजिम विक्री प्रक्रिया पुरा गरेको विवरण पेश गर्नुपर्नेछ ।

संस्था संचालन गर्दा पालना गर्नुपर्ने केही कानूनी प्रावधानहरु के के हुन ?

  • संस्था दर्ता भएको ३ महिनाभित्र अनिवार्य रुपमा प्रारम्भिक साधारणसभा गर्नुपर्नेछ ।
  • प्रारम्भिकसभाको काम संचालक समिति र लेखा समितिको निर्वाचन गर्ने हो ।
  • प्रत्येक वर्ष पौष मसान्त भित्र संस्थाले वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्नेछ ।
  • साधारणसभा बोलाउन स्थान, समय र एजेण्डाको सूचना सबै सदस्यहरुलाई कम्तिमा १५ दिन अगावै अनिवार्य रुपमा गर्नुपर्नेछ ।
  • प्रारम्भिक साधारणसभाको गणपुरक संख्या ५० प्रतिशत वा कम्तिमा १३ जना जुन बढी हुन्छ हुनुपर्दछ ।
  • वार्षिक साधारणसभाको गणपुरक संख्या २५ प्रतिशत वा कम्तिमा १० जना जुन बढी हुन्छ हुनुपर्दछ ।
  • गणपुरक संख्या नपुगेम ७ दिन पछि सभा बस्ने गरी समय, स्थान तोकिनु पर्दछ ।
  • विशेष साधारणसभाको गणपुरक संख्या भने १५ प्रतिशत मात्र हो ।
  • विनियम संशोधन गर्न भर्ने ५१ प्रतिशतको उपस्थिति र उपस्थित सदस्य संख्याको दुई तिहाई समर्थ गर्नु पर्दछ।
  • लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने अधिकार साधारणसभाको हुन्छ ।
  • लेखा परिक्षणको कार्य एउटै व्यक्ति वा संस्थाले लगातार ३ वर्षभन्दा बढी गर्नु गराउनु हुदैन ।
  • लेखा परिक्षकको नियुक्ति गर्दा डिभिजन सहकारी कार्यालयको स्वीकृति लिनु पर्दछ ।
  • आर्थिक वर्ष भुक्तान भएको ३ महिना भित्र लेखा परिक्षक नियुक्त गरी लेखा परिक्षण गराउनु पर्दछ ।
  • निरन्तर २ वटा वार्षिक साधारणसभा नगरिएमा संस्था खारेज भएको हुन सक्छ । कुनै कारणले ढिलाई हुन गएमा कार्यालयको स्वीकृति आवश्यक पर्दछ । सभा बसेको १५ दिन भित्र निर्णय प्रतिलिपि एवं लेखा परिक्षण प्रतिवेदन अनिवार्य रुपमा यस कार्यालय पेश गर्नुपर्नेछ ।
  • दर्ता खारेज भएको सूचना प्रकाशित मितिले ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनारवेदन गर्न सकिनेछ ।
  • प्रारम्भिक साधारणसभा भएको ६ महिना भित्र सम्बन्धित विषयगत संघको सदस्यता लिनुपर्दछ ।

संस्था संचालन गर्दा प्राय: गरिने त्रुटीहरु के के हुन ?

  • संस्था दर्ता भएको ३ महिना भित्रै प्रारम्भिक साधारणसभा नगरिने ।
  • संस्था दर्ताका लागि आवेदन गर्ने समूहलाई सहकारीको सिद्धान्त एवं संचालन विधिका वारेमा जानकारी नहुने ।
  • नियमित रुपमा पौष मसान्त भित्रै साधारणसभा सम्पन्न नगरिदिने ।
  • संचालक समितिको रिक्त पद संचालक समितिकै निर्णयबाट पूर्ति गरिने । रिक्त संचालक समितिको पद पूतिमा नियमानुसार साधारणसभाबाटै निर्वाचन पद्धतिबाट गरे पनि बाँकी अवधिका लागि पदावधि काय गर्नुपरेमा नयाँ समिति निर्वाचन सरहको पदावधि कायम गर्ने ।
  • ५१ प्रतिशतको उपस्थिति विनानै विनिमय संशोधन सम्बन्धी निर्ण गरिने ।
  • आˆनो कार्यक्षेत्र बाहिरका व्यक्तिसंग कारोवार गर्ने ।
  • चुक्ता पुजीको १० गुणा भन्दा बढीपनि निक्षेप संकलन गर्ने ।
  • कर्जा लगानी गर्दा पर्याप्त सुरक्षणको व्यवस्था नगर्ने ।
  • इजाजत प्राप्त नभएका कार्यहरु समेत गर्ने ।
  • सहकारी संस्थालाई सिमित संचालक सदस्यहरुले आˆनो व्यक्तिगत उद्यमको रुपमा लिन खोज्ने ।
  • लेखा सुपरिवेक्षण समितिले आˆनो भूमिका निर्वाह नगर्ने ।
  • शेयर पुजीको तुलनामा १० गुणा भन्दा बढी निक्षेप संकलन गर्ने ।
  • विनिमय बमोजिमखडा गरिएको कोषहरुको उपयोग नगरिने ।
  • संस्थाको माइन्यूट किताबहरु ब्यवस्थित ढंगले नराखिने ।
  • संस्थालाई किनवेचको प्रक्रियामा लैजाने प्रयास गर्ने ।
  • संस्था दर्ता गरेर लामो समयसम्म निस्क्रिय राख्ने अर्थात विधिवत संस्था दर्ता खारेका लागि पहल नगर्ने ।
  • सभाद्वारा स्वीकृत विनिमय डिभिजन सहकारी कार्यालयको स्वीकृति नलिई कार्यान्वय लैजाने ।
  • संस्थाको प्रचार अर्थात विज्ञापन गर्ने प्रयास गर्ने ।
  • सभा तथा बैठक संचालन एवं अन्य कार्यक्रमहरु भड्किलो ढंगले संचालन गर्ने ।

सहकारीका आधारभूत पक्षहरु के के हुन ?

  • एक सदस्य एक मत,
  • सदस्यहरु वीच मात्र कारोवार,
  • कार्यक्षेत्रभित्र बसोबास गर्नेलाई मात्र सदस्यता,
  • निर्वाचनबाट कार्य समिति एवं लेखा सुपरिवेक्षण समितिको चयन,
  • कार्या समिति र लेखा सुपरिवेक्षण समितिको व्यवस्था र सक्रियता,
  • निर्धारित कोषको उपयो गरी सहकारी शिक्षा र तालिमको प्रवर्द्धन,
  • सहकारी संघको सदस्यता,
  • कार्यालयसंगको सम्पर्क,
  • कर्मचारी प्रतिको कुनै गुनासो भए गनासो सुन्ने अधिकारीका रुपमा तोकिनु भएका अधिकृतसंग सम्पर्क राख्नु होला । समयमा समस्या समाधान नभए कार्यालय प्रमुखसंग सम्पर्क गर्न सक्नु हुन्छ,
  • संस्था संचालन सम्बन्धमा प्रक्रियागत कुनै द्विविधा उत्पन्न भएमा कार्यालयका कर्मचारीसंग राखि सुझाव लिनुहोला । कार्यालयप्रति वा कुनै कर्मचारी प्रति उजुरी भएमा कार्यालय प्रमुखसंग सम्पर्क गर्नुहोला । गोप्य पमा लिखित उजुरी दिनु भएमा समेत त्यसलाई अनुसन्धानमा लगिनेछ । कृपया उजुरी पेटिका, टेलिफोन, हुलाक वा सोझै सम्पर्क मध्ये कुनैपनि सम्पर्कको माध्यम प्रयोग गर्न सक्नु हुनेछ,
  • संस्था निरीक्षण गर्न खटाइने कर्मचारीलाई संस्थाको कारोवार एवं सो संग सम्बन्धित निर्णय तथा कागजपत्रहरु उपलब्ध गराई सहयोग पुर्याउनु होल । तोकिए बमोजिम मासिक तथा वार्षिक प्रगति प्रसितवेद यस कार्यालयमा पठाउनुका साथै समय समयमा दिइने निर्देशन पालना गर्नु गराउनु होला । रा।ष्ट्रय सहकारी दिवस (चैत्र २० गते) तथा अन्तराष्ट्रिय सहकारी दिवस (जुलाईको पहिलो शनिवार) भव्य रुपमा मनाउन संघ तथा यस कार्यालयसंग सहकार्य एवं सम्पर्क गर्नु होल ।

सहकारीका अन्तराष्ट्रिय सात सिद्धान्तहरु के के हुन ?

  • स्वेच्छिक तथा खुला सदस्यता ।
  • सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण ।
  • सदस्यहरुको आर्थिक सहभागिता ।
  • स्वायत्तता तथा स्वतन्त्रता ।
  • शिक्षा, तालिम र सूचना ।
  • सहकारीहरु वीच सहयोग ।
  • समुदाय प्रति चासो ।